कैलालीमा दुईजना मिटरब्याजी पक्राउ

धनगढी-  कैलालीमा दुईजना मिटरब्याजी पक्राउ परेका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेका हुन्।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।

Navadurga sun

प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो।

उनीहरूलाई सोही उजुरीका आधारमा मिटरब्याजअन्तर्गत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको जनाइएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले पनि म्याद थप गरेर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...