यी जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम

काठमाडौं- केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

आज कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ ।

Navadurga sun
Godawari sandesh

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

 

Loading...