बाढीको खतरा : डडेलधुरा र कञ्चनपुरमा अपराह्नसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- डडेलधुरा र कञ्चनपुरको महाकाली नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजेसम्म ती क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार महाकाली नदी पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हाल खतरा तहभन्दा केही तल छ । सामान्य घट्दो क्रममा छ ।

Navadurga sun

“महाकाली अपडेट : साउन २९ बिहान ९ बजे । महाकाली नदीमा पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हिजो रातिदेखि सतर्कता तहमाथि रहेकोमा हाल खतरा तह (७ मि.)भन्दा केही तल रहेको छ, तर सामान्य घट्दो क्रममा छ,” महाशाखाको सूचनामा उल्लेख छ, “डडेलधुरा र कञ्चनपुरको महाकालीको नदीतटीय क्षेत्रमा हुनेहरूले आज दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...