डेङ्गु संक्रमितको मृत्यु

चितवन– डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए ।

Navadurga sun

चितवनमा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए। पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो।

सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए। चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...