
सन्तोष पाण्डेय/बैतडी- बैतडीको पाटन नगरपालिका वडा न २ मा पर्ने एक मन्दिर निमार्ण अलपत्र परेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं. २ मा स्थित मलोडा बजार नजिक रहेको लाटा कटारी मल्ल मन्दीर बिगत ७ वर्षदखि अलपत्र अवस्थामा रहेको छ । आफ्नो छुट्टै पहिचान र इतिहास बोकेको धार्मिक मन्दिर ७ बर्षसम्म निमार्ण सम्पन्न हुन सकेको छैन ।


आर्थिक बर्ष २०७९/०८० को १ लाख बजेटले मन्दीरकै फिल्ड निमाणर् गरिएको स्थानीयले बताएका छन । चालु आर्थिक वर्षमा पाटन नगरपालिका बाट ३ लाख र वडा बाट १ लाख गरि ४ लाख बजेट मन्दिर निमाणर्का लागि छुट्याइएको पाटन नगरपालिकाले जनाएको छ । बजेट अभावका कारण मन्दिर अलपत्र परेको हो ।

