
काठमाडौं- विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।
गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
