बैतडीमा जिप दुर्घटना

बैतडी – बैतडीमा जिप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–२ सिन्केलेकमा दुर्घटनामा परेको हो ।

सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए । शनिबार बिहान ५ बजेतिर जिप दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.