धनगढी उपमहानगरले घटायो बेरुजु

धनगढी- धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७९/८० मा सात करोड ९६ लाख ४३ हजार रुपैयाँ बेरुजु घटाएको छ। विगत वर्षदेखि कायम रहेको बेरुजु फर्स्योट गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरको आर्थिक प्रशासन शाखा प्रमुख सरस्वती जोशीका अनुसार अघिल्लो आर्थिक वर्षसम्म कायम रहेको ३४ करोड ८८ लाख ९२ हजार बेरुजु रकम गत वर्ष घटेर ३१ करोड १७ लाख ७० हजारमा झरेको छ।

Navadurga sun

गत वर्ष बेरुजु फर्स्योट रकम बढ्नुका साथै नयाँ बेरुजु घटेको उनले बताइन्। उपमहानगरमा गत वर्ष चार करोड २५ लाख २१ हजार बेरुजु थपिएको छ। यो विगतको वर्षको तुलनामा आधाभन्दा कम रहेको आर्थिक प्रशासन शाखा प्रमुख जोशीले बताइन्।

आर्थिक वर्ष ०७५/७६ देखि ०७७/७८ सम्म तीन आर्थिक वर्षमा उपमहानगरमा क्रमशः १५ करोड ४३ लाख ६७ हजार, १० करोड २२ लाख ४४ हजार र १० करोड ५२ लाख १६ हजार रुपैयाँ बेरुजु थपिएको थियो।

गत वर्ष थपिएको बेजुरुमध्ये केही रकम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई दिएको निकासाको रहेको उपमहानगरले जनाएको छ। आर्थिक प्रशासन शाखा प्रमुख जोशीले उपमहानगरले बेरुजु घटाउने नीतिसहित काम गरिरहेको दाबी गरिन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...