Satyawati
Division ban Pahalmanpur

यसपालि अहिलेसम्म तराई मधेशमा पानी कम पर्‍याे

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहे पनि तराई मधेशका जिल्लामा खासै पानी परेको छैन ।

साउन महिनाको दोस्रो हप्ता बितिसक्दा पनि तराई मधेशमा खासै धेरै पानी नपरेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

Malpot office dadeldhura

गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यस यता कोशी, बाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिहरेको छ ।

गएराति पनि बाग्मती, कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको थियो । आज पनि यी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद् महर्जनले जानकारी दिए ।

यस्तै, राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...