धनगढी- बर्षायाम सुरु भएसँगै स्क्रव टाइफसका बिरामी देखिन थालेका छन् । साउन महिनामा मात्रै दार्चुलामा १७ जना बिरामी फेला परेका छन् ।दार्चुला जिल्ला अस्पतालमा उपचारका लागी पुगेका बिरामीहरूमध्ये १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टले बताए । आइतबारसम्म १७ जनामा संक्रमण पुस्टी भएको भट्टले बताए ।

स्क्रव टाइफसको संक्रमण सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा ९ जनामा स्क्रव टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यास गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २÷२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।
यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १÷१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताए। भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउँडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ।
