कञ्चनपुरबाट खैरो हेरोइनसहित पक्राउ परे सशस्त्र प्रहरी जवान

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वासबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । शनिवार पुनर्वास नगरपालिका-१० दोदा पुलबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रिन र सोही ठाउँका ३२ वर्षीय विकल मगर लाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

उनीहरू सवार सु.प.प्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागु औषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। । प्रहरीका अनुसार पक्राउ परेका मध्ये प्रदिप पाख्रिन सशस्त्र प्रहरी बलका जवान हुन।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.