नेपाललाई थप ३ लाख डोज खोप दिने चीनको निणर्य



काठमाडौं- चीनले नेपाललाई अनुदानमा दिने कोभिड-१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निणर्य भएको बताएकी छन् ।


सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।



