पोल्‍याण्ड पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा कञ्चनपुरका पुष्पराज पक्राउ

काठमाडौं- पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

 

Loading...