बालकको मृत्यु भएपछि मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

वीरेन्द्रनगर— कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा एक बालकको मृत्यु भएपछि मेडिकल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएपछि प्रहरीले मेडिकल सञ्चालकसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धीरेन्द्र केसी र एक जना रेडक्रसका कर्मचारी रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

मृतक बालकले धीरेन्द्र केसीको मेडिकलबाट औषधी सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसी र कर्मचारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक बालकले मेडिकलबाट म्याद गएको औषधि सेवन गरेको भेटिएको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको बताए । ‘हामी अनुसन्धानमा छौँ । अहिले यसै हो भन्न मिल्दैन् । मृतक बालकका मावलीले बालकको मृत्यु औषधी सेवनभन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाइरहेका छन् ।

यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘बाहिर जे कुरा आए पनि आफू कहाँ बालकका बुवाको बारेमा कुनै निवेदन परेको छैन् । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

 

Loading...