सप्तकोशी किनारमा कुटपिट घटना: थप दुई जना युवती पक्राउ

काठमाडौं- सुनसरीको सप्तकोशी किनारमा भएको कुटपिटको घटनामा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

Dadeldhura hospital

कुटपिट गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका-१० की १९ वर्षीया प्रिति लिम्बु पक्राउ परिसकेकी थिइन्।

Navadurga sun
Godawari sandesh

घटना गत असार २९ गते बराहक्षेत्र नगरपालिका चिहानडाँडामा भएको थियो। पाँच जना युवतीहरूको समूहले बराहक्षेत्र-९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई बोलाएका थिए। अन्य दुई पीडित नाबालिग हुन्। उनीहरूलाई चिहानडाँडामा बोलाएर कुटपिट गरेका थिए।

त्यस्तै कुटपिट गरेपछि आफैले भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत राखेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जना फरार छन‍्। उनीहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ।

 

Loading...