जुम्लामा नुनका लागि झडप

जुम्ला- जुम्लाको साल्ट ट्रेडिङमा तोडफोडसँगै प्रहरी र सेवाग्रहीबीच झडप भएको छ। आइतबार नुन वितरणका क्रममा भिडभाड भएपछि तोडफोड भएको हो।

दश वटा स्थानबाट नुन वितरण गर्दा साँझसम्म पनि धरैले नुन नपाउने भएपछि होहल्ला भएको थियो। त्यही क्रममा केही अराजक व्यक्तिहरूले भिडबाट ढुंगा हानेपछि स्थिती तनावग्रस्त बनेको थियो।

Navadurga sun

कार्यालयका चौकीदार चन्द्र रोकायाले भने, ‘सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा नुन वितरण गरेका थियौं। भोलि साउने संक्रान्ति हो। त्यसैले स्थानीयको मर्कालाई ध्यानमा राखि आज नुन वितरण गरेका हौं। दश स्थानबाट नुन वितरण गर्दा पनि भिड धरै भएकाले ढुंगामुढा र तोडफोड भयो।’

उनका अनुसार तोडफोडबाट कार्यालयका सबै ढोका फुटेका छन्। स्थिती तनावग्रस्त हुँदा केही बोरा नुन पनि स्थानीयले लगेका छन्।

सेवाग्राहीको होहल्ला र तोडफोडपछि प्रहरी र सेवाग्रहीबीच झडप भएको थियो। नुन चामलको अभाव धेरै हुने कर्णालीको जुम्लामा पछिल्लो समय सडक सञ्जालले जोडे पनि केही समय सहुलियत भएको थियो। पहिलो हप्तामा तिनचोटि नुन वितरण हुने जुम्ला डिपोबाट अहिले मुस्किलले महिनामा तिनपटक मात्रै नुन वितरण हुँदै आएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...