सुदूरपश्चिमको १० अर्ब ९३ करोड बजेट भएन खर्च

धनगढी- सुदूरपश्चिम प्रदेशको १० अर्ब ९३ करोड पाँच लाख रुपियाँ बजेट खर्च हुन सकेन । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँमध्ये २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च गरिएको छ ।

प्रदेश सरकारले कुल बजेटको ६८.८४ प्रतिशत बजेट खर्च गरेको हो । आर्थिक वर्ष २०७८–७९ मा सरकारको बजेट खर्च प्रगति ६६.६१ प्रतिशत रहेकोे थियो ।

Navadurga sun

चालु आर्थिक वर्षमा पुँजीगततर्फ २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन भएकोमा असार २५ गतेसम्म १५ अर्ब ८१ करोड ३७ लाख ६२ हजार (६९.२२ प्रतिशत) खर्च भएको सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।

उहाँका अनुसार चालुतर्फ आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) बजेट खर्च भएको छ । चालुतर्फ कुल १२ अर्ब २३ करोड ४९ लाख ८७ हजार रुपियाँ बजेट छुट्टयाइएको थियो ।

गत आर्थिक वर्षमा कुल ३१ अर्ब ४७ करोड ५६ लाख रुपियाँमध्ये प्रदेश सरकारले २० अर्ब ९६ करोड ६१ लख (६६.६१ प्रतिशत) बजेट खर्च गरेको थियो ।

यसैगरी, पुँजीगततर्फ ११ अर्ब ९४ करोड ९७ लाख (६३.२२ प्रतिशत) र चालुतर्फ नौ अर्ब एक करोड ६४ लाख रुपियाँ (७१.७१ प्रतिशत) बजेट खर्च भएको थियो । गोरखापत्रबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...