डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटी- डोटीमा जिप दुर्घटना भएके छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर–२ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्। बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...