कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कञ्चनपुर- कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मुल नाराका साथ जिल्ला पूणर्खोप समन्वय समिति कञ्चनपुरको आयोजनामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश माननीय मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो । त्यस्तै कार्यक्रममा नौ वटै स्थानिय सरकारका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Navadurga sun

माननीय मुख्यमन्त्री शाहले मंगलवार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

कञ्चनपुरका नौ वटै स्थानीय तहहरूमा लक्षित उमेर समूहका व्यक्तिहरूलाई १३ वटा प्राणघातक रोग विरुद्ध खोप लगाई पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले बताए ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न तोकिएको कार्य क्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...