विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई १६ हजार घुससहित नियन्त्रणमा लिएको हो।

Navadurga sun

उनीहरूले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...