सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न लामजुराडाँडा क्षेत्रमा प्रहरी परिचालन

काठमाडौं- सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ुएनए–एमभीु कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

Ganyapdhura gau

लिखुपिके गाउँपालिकामा पर्ने लामजुराडाँडा भन्ने स्थानमा हेलिकप्टर खोजीका लागि प्रहरीहरू परिचालन गरिएको हो। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। कुहिरो लागेकोले हेलिकप्टरबाट खोजी गर्न अहिले असम्भव भयो, प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म काठमाडौं आइपुगेको छैन।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको उनले बताए।

 

Loading...