सुदूरपश्चिममा बजेटमाथि छलफल सुरु गराउने प्रयास

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा दलहरूको विवादका कारण अझै बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेससहितका सत्तारुढ दलकै सांसदहरूले विरोध जनाएपछि बजेटमाथिको छलफल अगाडि बढ्न नसकेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बजेट वक्तव्यपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार बोलाउने तयारी भएको छ । यसका लागि मुख्यमन्त्री कमलबहादुर शाह, सभामुुख भीमबहादुर भण्डारी र आर्थिक मामिलामन्त्री कमलबहादुर शाहबीच शनिबार छलफल भएको थियो ।

Navadurga sun
Godawari sandesh

सभामुख भण्डारीका अनुसार आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । साथै सोमबार प्रदेशसभा बैठक बोलाउने र मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने सभामुख भण्डारीले बताए । सुदूरपश्चिम सरकारको बजेटमाथि सत्तारुढ दलका सांसदहरूकै व्यापक असन्तुष्टि रहँदा बजेटमाथिको छलफल अगाडि बढ्न नसकेको हो ।

 

Loading...