शरद गौचन हत्या आराेपी समिरमान बस्नेतलाई जन्मकैद

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेतलाई जन्मकैद भएको छ।

Ganyapdhura gau

काठमाडौं जिल्ला अदाललते बुधबार मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो। गौचनलाई काठमाडौंको शान्तीनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष तथा धनराज योङहाङ, श्यामबहादुर गुम्बी र राजिव तामाङ भन्ने राजिव स्याङ्तानलाई जनहीँ ५ वर्ष कैदको सजाय भएको छ। माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यो प्रकरणमा ७ जनाले सफाई पाएका छन्। प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो, राजकुमार शाह, मुकेशकुमार पान्डे, श्याम गुप्ता र सुर्यबहादुर बाजीलाई सफाई दिइएको हो। यो घटनामा ७ जना फरार छन्।

उनीहरुको हकमा फैसला भएको छैन। गत असार १२ गते कसुर ठहर भएकामा सजाय निर्धारण बुधबार भएको हो। यो घटनामा प्रतिवादी बनाइएका मनोज पुन र बसन्त थेवेको मृत्यु भएको भन्दै दावी खारेज गरिएको छ।

 

Loading...