दार्चुलामा जीप दुर्घटना हुँदा तीन जना घाइते

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका– ३ कर्कले भन्ने स्थानमा जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन् ।

Dadeldhura hospital

घाइते मध्ये चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका– ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटाको अवस्था गम्भीर रहेको छ । उनको टाउको चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै दुर्घटनामा परी घाइते भएका शैल्यशिखर नगरपालिका–२ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का २८ वर्षीय दीपक लुहार रहेका छन् । उनीहरूको अवस्था मध्यम छ ।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । गोकुलेश्वरबाट बैतडीको गण्न्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जीप शनिवार साँझ दुर्घटनामा परेको थियो। जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरी बताएको छ ।

Loading...