

बाजुरा- बाजुराको कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।



बिहीबार दिउँसो साढे १ बजे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको हो । जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो दुर्घटनामा ७ जना घाइते भएका छन्।


जीप दुर्घटनामा घाइते हुनेमा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मान बहादुर सार्की रहेका प्रहरीले जनाएको छ। प्रहरीले घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ। घाइतेहरूको टाउको, ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको जनाइएको छ।घटनाबारे थप विवरण आउन बाकी छ।





