


अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा किशोरीहरुलाई लैङ्गिक तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ ।






कृष्णपुर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा न.५ को सभाहलमा संचालित ३ दिने तालिम बुधबार सम्पन्न भएको हो । उक्त ३ दिने तालिममा वडा नं. ४, ५ र ६ का किशोरीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना, वडा नम्वर ५ का अध्यक्ष टेक पाण्डे, महिला तथा बालबालिका शाखाका माला गौतम र चन्द्र तिमिल्सिनाको उपस्थिति रहेको थियो ।






