ललिता निवास प्रकरण : ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Dadeldhura hospital

उक्त प्रकरणमा यसअघि ७ जना पक्राउ परेका थिए। तीमध्ये केही व्यक्ति अदालतको अन्तरिम आदेशको आधारमा रिहा भएका थिए। हाल निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मिनबहादुर गुरुङसहित थुनामा छन्।

Navadurga sun
Godawari sandesh

ललिता निवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा विराराधीन रहेको छ। उक्त प्रकरण विचाराधीन रहँदै गर्दा प्रहरीले लिखत कीर्तेमा पनि अनुसन्धान अघि बढाएको हो।

यो प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी प्रहरीले गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

Loading...