करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

काठमाडौँ- नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब पाँच करोड रुपैयाँ र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौँ ल्याएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

काफ्लेसमेतले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेको पाइएको छ ।

उनीहरूले लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दबाब दिने र नगरेमा परिवारको सदस्यलाई मार्नेजस्ता धम्की दिई ठगी गरेको भनी प्रहरीमा उजुरी नै परेको थियो ।

उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँ बबरमहलबाट सात दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...