

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले बुढाथोकीलाई मन्डिकाटारबाट पक्राउ गरिएको बताए।



उनलाई आजै जिल्ला अदालतमा पेस गरेर म्याद थप गर्ने रिजालले बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका थिए।


काठमाडौं जिल्ला अदालतले तीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पक्राउ परेका टंककुमार गुरुङ र लक्ष्मी महर्जनलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।