बाजुरामा चट्याङ पर्दा चार भैँसी मरे

Dadeldhura hospital

बाजुरा- बाजुरामा चट्याङ्ग पर्दा चार भैँसी मरेका छन् । जिल्लाको बडिमालीका नगरपालिका–७ जिल्ली मलियासैन लेकमा शुक्रवार राति चट्याङ्ग पर्दा चार भैँसी मरेको प्रहरीले जनाएको छ।

चट्याङबाट स्थानीय पृथूराज जोशी, सहदेव खत्री, प्रेम खत्री र गोरे पाध्यायको एक/एक भैँसी मरेका छन्। साथै चट्याङबाट खडकराज जैशीको गाई घाइते भएको छ। शुक्रवार राति परेको चट्याङ्गका कारण मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...