मनकामना जीप दुर्घटना : मृतक पाँचै जनाको सनाखत

गोरखा-  गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ। दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान करिब दुई बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा पाँचजनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका प्रहरीले जानकारी दिए।

Navadurga sun

त्यस्तै घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...