गृहप्रवेश पूजा गरेर नयाँ ६ तले भवनमा सारियो रास्वपा कार्यालय

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय नयाँ ६ तले भवनमा सरेको छ। बसुन्धरास्थित सानो आठ कोठे कार्यालयबाट बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनमा बुधबार सरेको हो।

यसको औपचारिक घोषणा बिहीबार चियापान कार्यक्रममा गरिने महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बताए। मासिक ३ लाख ५० हजार भाडा तिर्ने गरी सर्न लागिएको उक्त आधुनिक भवनमा रास्वपाका नेताहरुले बुधबार गृहप्रवेश पूजा गरिसकेका छन्। बुधबार गृहप्रवेश पूजा भइसकेपछि बिहीबार बिहान बसुन्धराबाट बालाजुस्थित कार्यालयमा औपचारिक कार्यक्रम गरिनेछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘बिहीबार नयाँ पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ’, ढकालले भने, ‘बसुन्धराको कार्यालय साँघुरो भएकाले सुविधायुक्त नयाँ भवन खोजिएको हो।’

बिहीबार नै औपचारिक रुपमा सरेपछि नयाँ भवनमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त पहिलो बैठक बस्ने उनका अनुसार रास्वपा स्थापना दिवसको अवसर पारेर त्यही चियापान कार्यक्रममा पनि राखिएको छ।

ढकालका अनुसार उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतालाई बोलाइएको छ।

चियापान कार्यक्रममा देशभित्रका कूटनीतिक नियोगका अधिकारीहरुलाई पनि निम्ता गरिएको छ। रास्वपाले स्थापना दिवसका अवसरमा बिहीबार साँझ देशभर घण्टी बजाउने भएको छ।

 

Loading...