
कैलाली- कैलालीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–६ झलझलीयाको भित्री सडकमा मंगलबार साँझ ट्याक्टरबाट खसेर बर्दगोरिया गाउँपालिका–३ खैरेनी शिविरका २७ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बर्दगोरिया–३ खैरेनी शिविरकै २७ वर्षीय सुवास चौधरीले चलाएको ना ४ त ८७१५ नम्बरको ट्याक्टरबाट खस्दा अर्जुनको ज्यान गएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





