साँफेबगर-बाजुरा सडक खण्डमा चक्काजाम




अछाम, २९ जेठ- साँफेबगर बाजुरा सडक खण्डमा चक्काजाम गरिएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले चक्काजाम गरेका हुन् ।



देउझाला क्षेत्रमा बुढिगंगा नदि संगै जोडिएको सडकका कारण आफुहरुको बस्ति जोखीमा रहदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयहरुले बताएका छन् । सडक चक्काजामको नेतृत्व गरिरहेका युवा मुकेश कुँवरका अनुसार बुढिगंगा नदिसंगै जोडिएको सडकमा नदिको कटानका कारण बस्ति नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागी बिभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गराइएको समेत थियो ।


नदि कटान र पहिरोको उच्च जोखीमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि उनीहरु सडक चक्काजाम गर्न बाध्य भएका हुन् । सडक चक्काजाम गरिदा दर्जनौ गाडीहरु अलपत्र परेका छन् ।



