पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै- पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

Dadeldhura hospital

ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर, त्यहाँ हिन्द महासागरमा बनेको बिपरजोय आँधीको प्रभाव हल्का पर्ने मौसमविद्ले बताएका छन् । बिपरजोयको प्रभावका कारण पश्चिम तराईमा आज बादल लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

Loading...