पहाडमा पनि फल्यो तराईको तरबुजा

बाजुरा- बाजुराका एक किसानले तराईको गर्मीमा फल्ने तरबुजा पहाडको चिसो ठाउँमा समेत फलाउन सफल भएका छन् । बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले तराईमा फल्ने तरबुजा पहिलो पटक पहाडमा फलाएका हुन् ।

२०७९ फागुन, चैत महिना परीक्षणका लागि तराईमा फल्ने तरबुजा पहाडमा ल्याएर लगाएपछि राम्रैसँग फलेको बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले बताए । उनले भने, ‘तरबुजा तराईमा मात्र फल्ने फल हो कि यो पहाडमा पनि फल्छ भनेर पहिलो पटक परीक्षण गर्नका लागि लगाएपछि राम्रोसँग फलेको बताए ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बाजुरा चिसो ठाउँ हो । यो फल यहाँ फल्छ कि फल्दैन भनेर परीक्षण गर्नकै लागि गत फागुन, चैतमा झन्डै सात रोपनी जमिनमा तरबुजा लगाएको जैसीले बताए । तराईमा मात्र तरबुजा फलेको देखेका बाजुराका अधिकांश स्थानीयलाई यो फल बाजुरामै फलेको देखेपछि निकै अचम्म लागेको छ ।

जैसी भने, ‘मैले लामो समयसम्म टमाटर, आलु, गोलभेँडा, काँक्रा, फर्सीलगायतका विभिन्न तरकारी फलाउँदै आएकाले यो तरबुजा फलाउन कुनै समस्या नभएको बताए । तराईको बगरमा फल्ने तरबुजा यति बेला बाजुराको खेतबारीमा समेत लटरम्म फलेको छ । यो वर्ष परीक्षण गर्नका लागि थोरै मात्र लगाएको हो । आउँदो वर्ष तरबुजालाई खेतीका रूपमा नै लिने जैसीको योजना छ ।

जैसी २०७४ को स्थानीय तहको निर्वाचनबाट बुढीगङ्गा नगरपालिका–१० को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनले तरकारी खेतीबाट नै दुई छोरा एक छोरीको उच्च शिक्षासमेत पूरा गराएका छन् । जैसीले तरबुजा मात्र होइन, अहिले सात रोपनी जमिनमा ड्र्यागन खेतीसमेत गरे ।

Loading...