अछाममा मृत भेटिइन् सामाजिक सुरक्षा भत्ता लिन गएकी वृद्धा

धनगढी- अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ बर्षीया कौशील्ला देवी रावल शुक्रवार मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी विनायक र कालिकास्थानको सिमाना नजिकै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मध्य पहाडी सडक खण्डबाट करिब पाँच सय मिटर भिरमा उनको शव फेला परेको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...