

दाङ- दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका- ४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् ।

शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
