पाँच महिनादेखि तलब कुर्दै स्वास्थ्यकर्मी

gyan kendra dadel

बझाङ- जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलब पाएका छैनन्। नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन्। स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्।

Khanepani dadeldhura

सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयनबहादुर सिंहले जानकारी दिए। स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिनेगरी काम गरिरहेको उनले बताए।

ajaymeru gaupalika

नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन्। सिंहले भने, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहार चलाउन समस्या परेको छ। हामीले मन्त्रालयमा परिपत्र गरेका छौँ। असारमा बजेट आउने कुरा त भएको छ।’

जयपृथ्वी नगरपालिका—१ कैलासमा रहेको कैलाश स्वास्थ्यचौकीमा कार्यरत अहेव धिरेन्द्रबहादुर खड्काले माघ महिनादेखि तलब नपाएको गुनासो गरे। भोको पेट काम गर्न नसकिने भन्दै उनले सरकारले स्वास्थ्यकर्मीलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

udhok dadeldhura

उनले भने, ‘सरकारले पैसा नपठाउँदा बिनापारिश्रमिक काम गर्न परिरहेको छ। धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन।’ आफूहरूको समस्यामा नगरपालिका समेत बेखबर बनेको उनको भनाइ छ।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले नेपाल सरकारले पाँच महिनासम्म तलब नदिएर स्वास्थ्यकर्मीमाथि अन्याय गरेको बताए। पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्याको सुनुवाइ नभएको उनको भनाइ छ।

उनले भने, ‘नगरपालिकाका करारका कर्मचारीले तलब खाने नेपाल सरकारका कर्मचारीले तलब खान नपाउने यो कस्तो खालको नियम हो। कर्मचारीले भोको पेट कहिलेसम्म काम गर्ने ? सरकारले हामीहरूलाई अन्याय गरेको छ।’

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ।नगरपालिका लेखापाल कुम्भबहादुर खातीले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताए।

तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उनले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताए। उनले भने, ‘स्वास्थ्यकर्मीले मात्रै होइन हामीले अरु कर्मचारीले पनि तलब पाएका छैनौँ। करार कर्मचारीले पाएका छन्। हामीले पाएका छैनौँ।’

Loading...