सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं– सुनको भाउ बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

Navadurga sun

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...