सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं– सुनको भाउ बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

Bhancha ghar0

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।

Leave A Reply

Your email address will not be published.