

डडेल्धुरा- डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा आज (शुक्रवार) बिहान ९ बजे से १ ज ३२९ नम्बरको जीप दुर्घटना भएको हो।



जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए। दुर्घटनामा परि ९ जना घाइते भएको उनले बताए।


घाइतेहरूको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डिएसपी भट्टले बताए। जीप चालक सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहरा रहेको र बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।





