दस औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा

काठमाडौँ– मुलुकभर रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती उद्योगमा ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् ।

सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु-याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाका रूपमा मुख्य १० स्थानमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ तर ती औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैन । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकामा २०७९ फागुनसम्म ११३ ग्राम घोषणा भएका छन् ।

Navadurga sun

औद्योगिक ग्रामको कुल निर्माण लागतको ४० प्रतिशत वा तीन करोड रकम नेपाल सरकारका तर्फबाट औद्योगिक ग्राम घोषणा भएका स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था रहे अनुरूप २०७९ फागुनसम्म १४ करोड ३० लाख रकम हस्तान्तरण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस्तै निर्यातमूलक उद्योगलाई एकै स्थानबाट पूर्वाधारलगायतका सेवा उपलब्ध गराउने उद्देश्यस्वरूप २०७९ फागुनसम्म भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र स्थापना भएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा २०७९ फागुनसम्म सात उद्योग सञ्चालनमा रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...