कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन सहित ५ जना युवा-युवती पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार दिउसो धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट प्रहरीले सोही ठाउँ बस्ने बर्ष १९ की पृति रानालाई एक ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

Bhancha ghar0

त्यस्तै सोमबार साझँतिर धनगढी उपमहानगरपालिका-१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने बर्ष ३७ का जियाराम राना र बर्ष २४ का गणेश रानालाई पनि शुद्व तौलको २ ग्राम ४० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको से२ प ११८८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै सोमबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ४६० मिलिग्राम खैरो हेरोईनसहित कैलालीको गौरीगंगा नगरपालिका २ बस्ने वर्ष २४ का भीम बहादुर सिजाली र सोही ठाउँका वर्ष ३१ का त्रिभुवन चन्दलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी परासनबाट खटिएको टोलीले उनीहरुको साथबाट सु.प.प्र. ०१-००८ प ३९०३ नं. को मोटरसाइकलसमेत बरामद गरेको छ ।

Leave A Reply

Your email address will not be published.