खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एम्बेस्डर बन्न इच्छुक छु : रामदेव

अत्तरिया- धनगढी भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छा राखेका छन् । खप्तडमा आज (मंगलबार) देखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु,’ उनले भने, ‘यहाँका हरेक काममा सहयोग गर्न चाहन्छु ।’ यसैबीच रामदेवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको समेत बताए ।

त्यसैगरी सम्मेलनमा सहभागी भएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए । उनले खप्तड क्षेत्रको थप प्रवद्र्धन गर्न आवश्यक रहेको समेत बताए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.