हरिश चन्द
डडेल्धुरा २३ जेठ- जिल्ला सदरमुकाममा खेलकुदका लागी सेमी कभर्डहल हल निर्माण कार्य अगाडि बढेको छ । निर्माण कार्यका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बजेटको व्यवस्था गरेपछि निर्माण कार्य अगाडि बढेको हो । अमरगढी नगरपालिका-४ को खलङ्गामा २०७५ असार महिनामा वर्षातका कारण भत्किएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डडेल्धुरा मार्फत नयाँ सेमी कभर्डहल निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।
सामाजिक विकास कार्यालय डडेल्धुराले कभर्डहल निर्माणका लागी टेन्डर आह्वान गरि काम शुचारु भएको छ । २ करोड २६ लाख रुपियाँको कभर्डहल निर्माणका लागि टेन्डर आह्वानवाट १ करोड ८० लाखको टेण्डर आह्वान गरि निर्माण कार्य भईरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्मर बहादुर थापाले जानकारी दिए ।
जिल्ला खेलकुद विकास विकास समितिले डिपिआर निर्माण तयार गरि समामाजिक विकास मन्त्रालयर अर्थ मन्त्रालय पठाएको जस कारण आज यो वजेट आएको अध्याक्ष थापाको भनाई रहेको छ ।
२०४२ सालमा निर्माण भएको टुडिखेल स्थित सेमी कभर्डहल २०७५ असार ३१ मा जिर्ण भई भत्किए पछी डडेल्धुरा जिल्ला सदरमुकाम कभर्डहल बिहिन बनेको थियो । आर्थिक वर्ष २०७६/२०७७ मा राष्ट्रिय खेलकूद परिषद्को करीब १० लाख बजेटले कभर्डहल निर्माणको काम शुरुआत गरिएको थियो । त्यसपछिका वर्षहरुमा कुनै पनि मन्त्रालयबाट बजेट विनियोजन नहुँदा शुरुवात गरिएको निर्माणको काम रोकिएको थियो ।
निर्माण हुन लागेको कवर्डहललाई सेमी कवर्डहलको अवधारणामा निर्माण गर्न लागिएको हुदा एथलेटिक्स बाहेकका सबै ईन्डोर खेलहरु कवर्डहलमा संञ्चालन गर्न मिल्ने र जिल्ला खेलकुद विकास शाखाको कार्यालय पनि सोहि कर्भडहलमा व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख भण्डारी बताए । उक्त सेमी कवर्ड हल तीन वर्षमा निर्माण सम्पन्न गरिसक्न पर्ने जनाएको छ ।
