धनगढी- एसपीए कलेज धनगढीको आयोजनामा सोमवार धनगढीमा सम्पन्न एसपीए हाजिरीजवाफ २०२२ को उपाधि स्टार प्रालि जितेको छ । स्टारका रोशन लाल अवस्थी, नबिन बुढा, पर्वत नाथ, मोहन जोशी र पवन ओलीको टोली प्रथम भयो। प्रथम टोलीले ५ हजारसहित सर्टिफिकेट प्राप्त गरेका छन् ।

यस्तै खापर इन्सिच्युटको टोलीले दोस्रो स्थान हात पारेको छ । खापरका मदन राज ओझा, करण धामी, राधागुर धामी र सन्तोष सोतीको टोली दोस्रो भए । टोलीले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै रेडिकल इन्सिच्युटका चेतराज भट्ट, नयन भट्ट, गणेश ओझा, सन्तोष पाध्याय र झरना साउदको टोलीले तेस्रो स्थान हासिल गर्यो। टोलीले दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
