शैक्षिक सुधारपछि श्री महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीको चाप

gyan kendra dadel

हरिश चन्द
डडेल्धुरा २२ जेठ– सदरमुकाम खलंगास्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा पछिल्ला केही वर्षयता विद्यार्थीको अत्यधिक चाप बढेको छ । शिशु कक्षादेखि १२ कक्षासम्म र सिभिल इन्जिनियरिङको डिप्लोमा तहको पढाइ हुने यस विद्यालयमा एक हजार ४ सय १७ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

Khanepani dadeldhura

ajaymeru gaupalika

जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर ऐरले बताए । ऐरले वर्षेनी दई/तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको उनले वताएका छन ।

udhok dadeldhura

विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यम दुबैमा पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । २०७१ साल देखि विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी सव-ईन्जिनियर विषयमा समेत पठन पाठन गर्दै आएको छ ।

२०१४ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानोमध्येको एक हो । २०५१ सालदेखि उच्च मावितहको पढाइ सुरु गरिएको थियो । पछिल्लो केही वर्षयता भने विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गएको छ । व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार संभव भएको बताए । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार संभव भएको अध्यक्ष टंक क्षेत्रीको भनाई छ ।

हिजोआज विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक उप प्रध्यानाध्यापक गजेन्द्र जोशीले बताए ।

जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउदै आएको छ । विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परिक्षण, अत्यावश्यक औषधी वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

वर्षेनी ठूलो संख्यामा नयाँ विद्यार्थी थप हुदै जाँदा शिक्षक र कक्षाकोठा समेत थप गर्नु पर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुने गरेको लेखा पाल धर्म राज पन्तको भनाई छ । कक्षा ६ देखि १० सम्म २ वटा भाषामा पठन पाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले व्ययभार धेरै रहेको उनको भनाई रहेको छ ।

Loading...