Satyawati
Division ban Pahalmanpur

कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा दादुरा रुबेला खोप सम्वन्धी अभिमुकरण कार्यक्रम सम्पन्न

Purbadhar dadeldhura

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नगरपालिका स्वास्थ्य शाखले रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोप जिल्लाहरूमा दादुरा रुबेला खोप अभियान सञ्चालनको लागि अभिमुखिकरण तथा योजना गोष्ठी सम्पन्न गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाले दादुरा रुबेला खोप सम्वन्धी कार्यपालिका खो.स.स. पदाधिकारीहरु, कार्यपालिका सदस्यहरु, सबै शाखा प्रमुख/प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरु, गैरसरकारी, समाजिक संघ संस्थाहरु, टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक अगुवाहरु, शिक्षा संग सम्बन्धित प्याब्सन तथा एन प्याब्सन, बिद्यालयका शिक्षकहरुलाई एक दिने अभिमुखीकरण तालिम संचालन गरेको हो ।

Malpot office dadeldhura

उक्त कार्यक्रममा नगर उप-प्रमुख द्रोपती रानाले यो रोग एउटा माहामारीको रोग भएकोले यस रोगको रोकथामका लागि हामी सबैले घर देखि टोल, टोल देखि वडा र वडा देखी नगर सम्म सबै जनाले एकदमै चाँसो देखाएर लाग्नु पर्ने बताइन ।

उक्त अभिमुखिकरण तालिम कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले प्रशिक्षण गरेका हुन् । उनले दादुरा रुवेला रोगको परिचय लक्ष तथा यस रोगको नियन्त्रण सम्बन्धी जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका ३ ठाउँका स्थानीय तहमा यो खोप कार्यक्रम सञ्चालन भइरहेको र यस कृष्णपुर नगरपालिकामा पनि ३ दिन सम्म सञ्चालन हुने बताए ।

उनले दादुरा रुबेला खोप सेवा सम्वन्धी प्रभावकारी व्यवस्थापन साथै दादुरा रुबेला निवारण तथा महामारीको अवस्था खोपको कभरेज बढाउने बारेमा जानकारी दिएका हुन् । उनले दादुरा रूबेला रोकथाम (महामारी/प्रकोप) तथा नियन्त्रणको लागि दादुरा रुबेला खोप (ORI) अभियान सञ्चालन सम्बन्धी जानकारी समेत गराएका थिए ।

खोप अभियान व्यवस्थापनको लागि गरिने उचित क्रियाकलापहरु बारेमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका छन् । यो खोप कार्यक्रम सञ्चालनमा रेडक्रस सोसाइटीको मुख्य साझेदारी रहेको बिष्टले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...