बेहडाबाबामा युवक मृत्यु प्रकरण : डुवेर मृत्यु भएको कम्पनिको दाबी

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबास्थित महादेव तालमा युवक मृत्यु प्रकरणमा नेपाल सिप एण्ड बोट विल्डिङ कम्पनिले युवक युवक तालमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जनाएको छ ।

शनिबार ताल परिसरमै पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनिले मृत युवक तालमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जनाएको हो। जेठ १६ गते बेहडाबाबामा गंगादशहरा मेलामा गएका २५ वर्षीय लोकेश भाटको महादेव तालमा डुबेर मृत्यु भएको थियो । डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भई हाल उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

Navadurga sun

मृतक युवक तालमा पौडी खेल्ने क्रममा डुवेको भन्दै कम्पनिका अध्यक्ष लेखनाथ पौडेलले ‘हामीलाई मन्दिर पुर्याई देउ भन्दै बोट चलाउन दबाब दिइरहेको भने। हामीले मन्दिर विहान ५ बजेपछिमात्र खुल्ने हुँदा लैजान पनि नसकिने र बोट पनि दिन नसकिने कुरा अवगत गरायौं’ उनले भने, ‘त्यसपछि उनिहरु आफै पौडी खेल्न सक्षम छौं ।

आफै जान्छौं भनी चार जना कपडा खोलेर पानीभित्र पसेका हुन्। त्यसक्रममा तीन जना मन्दिर पुगेको वारीबाटै प्रस्टै देखिन्थ्यो।’उनले एक जना अँध्यारोका कारण नदेखिएको बताउँदै ‘केही समयपछि तालको बिचबाट बचाउ बचाउ भनेर आवाज आएपछि हामी बोट लिएर उद्दारका लागि गएका थियौं। तत्काल सुरक्षा संयन्त्रलाई पनि खबर गरेका हौं।

तीन घण्टाको प्रयासपछि शवलाई बाहिर ल्याइएको हो।’उनले केही मिडियामा बोटबाट मानिस खसेर मृत्यु भएको भन्ने समाचार आएको प्रति ध्यानाकर्षण भएको बताए। उनले भने ‘कम्पनिले विहान ६ बजेदेखि साझ ७ बजेसम्ममात्र बोट सेवा दिन्छ।’ उनीसँगै गएका तीन जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...