लगातार तेस्रो दिन पनि सुन मूल्यमा नयाँ रेकर्ड

काठमाडौं- सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ । १८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो ।

१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो ।

बजेट घोषणापछि सरकारले वृद्धि गरेको कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो । बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.